'पूर्व विद्यार्थी समाज' (Alumni Association) तदर्थ समिति गठन

May 17, 2026 General admin

यस विश्वामित्र गणेश माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको गरिमामय उपस्थितिमा सम्पन्न भएको बृहत् भेलाले विद्यालयप्रति पूर्व विद्यार्थीहरूको सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी भाइचारा एवं नेटवर्किङ विस्तार गर्ने तथा विद्यालयको सर्वाङ्गीण शैक्षिक एवं सामाजिक गतिविधिमा रचनात्मक सहयोग पुर्‍याउने उद्देश्यका साथ 'पूर्व विद्यार्थी समाज' (Alumni Association) को एक तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरेको जानकारी गराउँदछौँ।

उक्त भेलाद्वारा पारित निर्णय बमोजिम आगामी दिनमा संगठनलाई संस्थागत र प्रभावकारी रूपमा अगाडि बढाउन गठनगरिएको कार्यसमिति तथा सल्लाहकार समितिको नामावली विवरण निम्न बमोजिम रहेको छ:

क्र.सं. 

पद                

नाम 

 क्र.सं.

  पद           

नाम

क.

संयोजक / अध्यक्ष

श्री रमेश पुरी       

१.

सल्लाहकार

श्री रविन्द्र कुमार थापा

ख.

उपाध्यक्ष

श्री बन्दीता थापा

२.      

सल्लाहकार

श्री सुरेश पुरी

ग.

सचिव

श्री अनुजा थापा

३.

सल्लाहकार

श्री मीना लामा

घ.

सह-सचिव

श्री दीपा दाहाल

४.

सल्लाहकार

श्री अनिल बुढाथोकी

 कोषाध्यक्ष           

श्री आयुषा पण्डित

  ५.

     सल्लाहकार       

श्री पुष्करजङ्ग थापा

च.

 सदस्य            

श्री विपिन बम

 

छ.

 सदस्य

श्री सक्षम आचार्य

 

ज.  

सदस्य

श्री स्वस्तीका थापा

 

झ.

 सदस्य

श्री विनीता वि.क.

 

ञ.  

 सदस्य

श्री राजिव तामाङ

 

ट.

 सदस्य

श्री रोहित मोक्तान

 

नवनिर्वाचित कार्यसमिति तथा सल्लाहकार समितिकासम्पूर्ण पदाधिकारीज्यूहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। आगामी दिनमा पूर्व विद्यार्थीहरूको ज्ञान, अनुभव र सहकार्यले विद्यालयको शैक्षिक उन्नयनमा थप उचाइ हासिल गर्ने विश्वास लिएका छौँ।

पुनश्च: देश तथा विदेशमा रहनुभएका यस विद्यालयका सम्पूर्ण पूर्व विद्यार्थी महानुभावहरूलाई यस 'पूर्व विद्यार्थी समाज' (Alumni Association) मा आबद्ध भई विद्यालयको विकासमा साथ दिन हार्दिक आह्वान गर्दछौ

विद्यालय प्रशासन विश्वामित्र गणेश माध्यमिक विद्यालय, काठमाडौं

Published 2 months, 3 weeks ago